राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायी आन्दोलित: पोखरामा सार्वजनिक यातायात ठप्प

१९ गतेदेखि देशभर ठप्प पार्ने चेतावनी

पाेखरा | जेठ १६, २०८२

राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायी आन्दोलित: पोखरामा सार्वजनिक यातायात ठप्प Photo: Sandip

पाेखरा:    यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज सार्वजनिक यातायात नचलाउने निर्णयसँगै पोखराका सडक सुनसान देखिएको छ । 

 

गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमागण्डकीमा आजदेखि आन्दोलन थालेका हुन् । 

 

सोही आन्दोलन अन्तर्गत आजदेखि गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।

 

उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए ।

 

आज पोखरामा (रातो नम्बर प्लेट) निजी मात्रै सडकमा देखिएका छन् भने, सार्वजनिक यातायात ठप्प छन् । 


यातायात व्यवसायीहरुले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।


 

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरु...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्